बबिता रिजाल
प्युठान,१६असार ।
स्वर्गद्वारी नगरपालिकाका किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको अभिमुखीकरण कार्यक्रम शनिवार स्वर्गद्वारी नगरपालिका ४ भिंगृमा सम्पन्न भएको छ । युएसएआईडिको आर्थिक सहयोग , केयर नेपालको प्राविधिक सहयोग तथा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्युठानको साझेदारीमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ सम्बन्धि असार १६ गते शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
शनिवार सञ्चालित कार्यक्रमले स्वर्गद्वारी नगरपालिकाले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धि निति निर्माण , योजना तर्जुमा , सेवा विस्तार तथा प्रमाणिकरण र अनुगमन गर्नका लागि नगर प्रमुख टेक प्रसाद भण्डारीको संयोजकत्वमा ११ सदस्यिय किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको स्थानिय तह समन्वय समिती गठन गरेको युएसएआईडि/एआरएस प्युठानका गुणस्तर सुधार अधिकृत सुर्य प्रसाद पौडेलले जानकारी दिनुभयो दिनु भयो । उक्त गठन भएको समितीले किशोर किशोरी , प्रजनन स्वास्थ्य तथा गुणस्तर सुधार लगायत अन्य स्वास्थ्यका विषयमा निर्णय लिने तथा यस अर्थिक बर्षमा किशोर किशारी मैत्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नका लागि भिंगृ प्राथमिक स्वास्थ्य सेवा केन्द्र , सोत्रे स्वास्थ्य चौकि , बर्जिबाङ स्वास्थ्य चौकि र गोठिबाङ स्वास्थ्य चौकीलाई छनोट गरिएको पनि पौडेलले बताउनु भयो ।
स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख मिनराज राना मगर , वडा नं. ५ वडा अध्यक्ष गिर बहादुर घर्ति मगर , स्वास्थ्य शाखा प्रमुख दल बहादु के सी , शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ओविराम भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षण युएसएआईडि/एआरएस प्युठानका गुणस्तर सुधार अधिकृत सुर्य प्रसाद पौडेल तथा जिल्ला संयाेजक सन्तोष महर्जनले सहजिकरण गर्नुभएको थियो भने कर्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के सीले गर्नुभएको थियो ।
