प्युठान ,१७ असार ।
प्युठानको सरुमारानी गाउँपालीकाले आजबाट श्रम स्वीकृती दिन सुरु गरेको छ । पालिकाको रोजगार सेवा केन्द्र मार्फत आईबारबाट श्रम स्विकृती दिने थालेको हो।
स्थानिय गुमान सिह गाहा र रोम बहादुर रानालाई पालिकाले पहिलो पटक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवीराम पाठकले जानकारी दिनुभयो। गाहा र रानालाई प्रशासकिय प्रमुख पाठक र रोजगार सेवा केन्द्र संयोजक तेजेन्द्र भण्डारीले एक साथ श्रम स्विकृतीको पत्र हस्तान्तरण गर्नुभएको थियो।
स्थानीय तहमै श्रम श्रमस्वीकृत दिन शुरु गरेपछि बिदेश जाने युवाहरुको समय र पैसाको समेत बचत हुने पाठकको भनाइ छ।