प्युठान।सरुमारानी गाउँपालिकाद्वारा आयोजित ‘नमूना युवा संसद अभ्यास’ को उद्घाटन भएको छ । प्रतिनिधीसभा सदस्य सुर्य थापाले मंगलवार कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि बोल्दै प्रतिनिधीसभा सदस्य थापाले यस कार्यक्रमले युवाहरुलाई सामाजिक एवं राजनीतिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताउनुभएको छ ।भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले नेतृत्व क्षमताको जग निर्माण गर्न पनिे अभ्यास आवस्यक रहेको उहाले बताउनुभयो । युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदा युवालाई देशको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र धनलक्षमी श्रेष्ठले नयाँ पुस्ताको नेतृत्व विकास र समाजको जागरुक्ता लागिका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सरुमारानि गाउंपालिकाको अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबिराम पाठकले स्वागत मन्तव्य राख्नुभयो
३ दिन सम्म चल्ने नमुना युवा संसदमा संसदले सदनभित्र गर्ने विभिन्न गतिविधिको अभ्यास हुने छ ।
कार्यक्रममा अहिले भएको राज्य संरचना अनुसार युवाहरुलाई संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारको मोडालिटी अनुसार गतिविधि गराइने गाउँपालिकाले बताएको छ ।