बबिता रिजाल
प्युठान,२० असार ।
स्वर्गद्धारी नगरपालिकाको पालिका स्तरीय क्षयरोग नियन्त्रण कार्यक्रमको कोहर्ट विश्लेषणको दोश्रो अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभाहल भिंगृमा स्वर्गद्धारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर उप प्रमुख मिनराज राना मगरको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको स्वर्गद्धारी नगरपालिकाका नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।
नगरपालिका भित्रका ९ वटै स्वास्थ्य संस्थाहरुले आफ्नो टोल बस्तिहरुमा विरामीहरुलाई नजिकैको स्वास्थ्य संस्थाबाट खकार परिक्षण गरी पत्ता लागेका क्षयरोगका बिरामीहरुलाई औषधी सेवन गरी क्षयरोगको निदान गर्ने तथा “टिभि फ्रि” नेपाल २०५० को लक्ष्य अनुसार स्वर्गद्धारी नगरपालिकालाई पनि “टिभि फ्रि” नगरपालिका बनाउने उद्देश्य अनुसार पालिका स्तरीय क्षयरोग नियन्त्रण कार्यक्रमको कोहर्ट विश्लेषणको दोश्रो अर्धबार्षिक समिक्षा गोष्ठीको आयोजना गरिएको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्युठानको क्षयरोग सुपरभाइज अधिकृत मधुसुदन खड्का , वि एन एम टि नेपाल जिल्ला संयोजक अखिलेश झा , किट्स नेपाल प्युठानका जिल्ला कोडिनेटर सन्तोष पन्त नगरपालिकाका ९ वटै स्वास्थ्य संस्थाका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखाका दुर्गा प्रसाद गोराथोकीले गर्नुभएको थियो ।