सलिम अन्सारी
प्युठान,२५ असार ।
प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै पालिकाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।
किसानलाई खेती गर्न सजिलो होस् भनेर ५८ जना कृषकलाई मिनि तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाले निर्वाहमुखी कृषि पेशालाई व्यवसायिककरण गर्न आर्थिक वर्ष ०७५/०७६ बाट ‘किसानसँग गाउँसरकार कार्यक्रम’ बनाएर काम गरिरहेको छ। कार्यक्रम अन्र्तगत कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भएका छन ।
यस्तै हाते ट्याक्टर पाएपछि कृषि खेती गर्न अझै उत्साहित भएको किसानले बताएका छन । स्थानीय कृषक हिराबहादुर घर्तीले खेतबारीको सबै स्थानमा एकै नासले जोत्न सकिने बताउनुभयो ।यहाका किसान श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।