शम्सेर बिक्रम जि.सी प्यूठान
सुक्खा पहिरो खसेपछि अबरुद्ध भएको भालुवाङ्ग प्यूठान सडकखण्ड ११ घण्टापछि खुलेको छ ।
गएराती माण्डवी गाउँपालिकाको गर्जेनी भिरमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । सुक्खा पहिरो झरेर अबरद्ध बनेको सडकबाट पहिरो हटाईएपछि सडक सुचारु भएको सडक डिभिजन कार्यालय जस्पुर प्यूठानले जनाएको छ ।
सडक अबरुद्ध हुदा घण्टौदेखी सडकमै रोकिएका गाडी गन्तब्यमा जान थालेको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले जानकारी दिनुभयो । केहि समय अघि उक्त क्षेत्रमा सडक बिस्तार गरिएको थियो ।