१२ श्रावण, प्यूठान । रजस्वला भएको बेला आमाले फालेको फोहोर गुन्योको टालोको प्रयोग देखि सेनेटरी प्याड प्रयोग सम्मको अनुभूति सुनाउँदै प्यूठानबाट लुम्बिनी प्रदेश सांसद मा.निमा गिरीले भेन्डिङ्ग मेसिनको आवस्यकता र प्रयोगमा जोड दिनु पर्ने बताउनुभएको छ । रजस्वलाको बेला स्वास्थ्यमा हुने संक्रमणबाट जोगिन आधुनिक प्याड जरुरी रहेको उहाले बताउनुभयो।
बिद्यालय तथा क्याम्पसहरुमा अध्ययनका लागि जाने छात्राहरुको लागि भेन्डिङ्ग मेसिन उपयोगि हुने भएकाले नेपाल बिद्यार्थी संघ प्यूठानले सेनेटरी प्याड भेन्डिङ्ग मेसिन प्यूठानको प्रमुख क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हस्तान्तरण कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि रहेकी संसद गिरीले छात्रा बिद्यार्थीहरु अध्ययनका बेला रजस्वला हुने र उत्पन्न कठिनाईलाई प्याड व्यवस्थापनले ठूलो सहायता प्रदान गर्ने बताउनुभएको हो । यस्तै नेपाली कांग्रेस प्यूठानका सचिब एनपी मगरले आधुनिक प्रबिधिलाई बिद्यार्थीले सहज पहुँच राखि प्रयोगमा जोडदिनुपर्ने बताउनुभयो । यस्तै स्वर्गद्वारी बहुमुखी क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले नयाँ प्रबधि सहयोग गरेको नेबिसंघलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासं प्यूठानका अध्यक्ष सञ्जय रिजाल, नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारी लगायतले मन्तव्य राख्दै क्याम्पस तथा बिद्यालयहरुमा सिपमुलक शिक्षा व्यवस्थापन र प्रबिधि मैत्री बनाउन जोड दिनु पर्ने बताउनुनुभएको छ ।
नेबिसंघ प्यूठानले जिल्लाका ५ वटै क्याम्पस र ६४ वटा माध्यमिक बिद्यालयहरुमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी दिनुभयो । सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण संगै त्यसको प्रयोग र उपयोगिताका बिषयमा पनि जानकारी गराईएको थियो ।
त्रिभुवन विश्व बिद्यालयले सबै क्याम्पसहरुमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली लागू गरेकोछ ।