वासुदेव गिरी
प्युठान,२२ साउन । प्युठानको मल्लरानी-३, का स्थानीयले बिग्रेको सडक मर्मत गर्ने कार्यमा सक्रियता देखाएका छन् ।
वर्षाले बिग्रेका सडकमा मर्मतको लागि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको छ ।
पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानीय जनताको जनश्रमदान गर्ने काममा कमि आइरहेको बेला पालिकाहरुले जनताको सहभागिता जुटाइ मर्मत गर्ने कार्य निकै सकारात्मक भएको जानकारहरु बताउँछन् । स्थानिय जनताको जनश्रमदान प्रती चासो दिएर सक्रियता दिनुले स्थानीय तहमा निर्माण हुने योजनाको जनतामा अपनत्व बडाउने आशा गरिएको छ ।
मल्लरानी गाउँपालिका वडा नं. ३ को जनप्रतिनिधिको स्थानीयको सहभागितामा धरमपानी देखि रस्पुरकोट गिरचौर शिरकोट हुँदै मल्लरानी गाउँपालिका वडा नं. ५ को सरङकोट सम्म जोड्ने मोटरमा मर्मत गरिएको स्थानीय पत्रकार बोम बहादुर परियारले बताउनुभयो।
मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोम राज पौडेलले स्थानिय जनताको योजना मर्मतमा सक्रियता बढ्नु सकारात्मक भएको बताउनुभयो। बर्षातले गर्दा मोटरबाटोका विभिन्न स्थानमा वर्षाको भलको कारण पहिरी, खाल्डाखुल्डी परेको स्थानमा मर्मत देखि बाटोको दायाँबायाँ रहेका बुट्यानहरु हटाउने काम स्थानिय र जनप्रतिनिधिको सहकार्यमा गरिएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

बर्षातको समयमा आफ्नो बाटो आफै बनाउ भनेर सबै धरधुरी आएका छौं स्थानिय समाजसेवी ठमान सिंह रानाले भन्नुभयो–‘‘वडा अध्यक्ष सहित जनप्रतिनिधि संगै हामी स्थानीय भेला भएर मर्मतमा जुटेका हौं ।”
स्थानिय समाजसेवी देवराज पौडेलले हरेक बर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरउन्नतीको ब्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो। साथै सानातिना कामहरु गाउँपालिका,वडाबाट आस नगरि यस्तै जनश्रमदानबाट गर्नुपर्ने भन्दै उहाले भन्नुभयो–‘‘३ नं. वडाका वडाध्यक्ष जनता संगै आउनुभएको छ,अरु वडाध्यक्षहरुले पनि जनता संग मिलेर काम गरे राम्रो हुने बताउनुभयो।’’
गाउँघरमा बसेर तास खेलेर समय खेर पाल्नुभन्दा आफ्नो गाउँ, आफै बनाउ भनेर साना तिना समस्या समाधान गरेर मर्मतको लागि छुट्टिएको पैसा अरु ठाउँमा खर्च गर्न सकिने वडा अध्यक्ष पौडेलले बताउनुभयो।
गाउँमा गाडि नआएर समस्या परेकोले ‘एक घर, एक ब्यक्ति’ आएर काम गरेका छौं। बर्षातको समयमा पनि सवारी साधन चल्न सजिलो भएको छ स्थानिय रिता ठेडीले भन्नुभयो–‘‘ जनश्रमदान गर्दा हामी खुसी छौं, हाम्रै बाटो मर्मत भएको छ।’’ त्यस्तै स्थानियबासी सिता आचार्यले गाउँका मान्छेहरु विरामी पर्दा गाडि बोलाएर अस्पताल र बजार आउजाउ गर्न सजिलो होस भनेर जनश्रमदानमा आफुहरु जुटेको बताउनुभयो ।
स्थानिय संगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोम राज पौडेलले बर्षातको समयमा भलले गाउँका मोटरबाटाहरु बिग्रिएको भन्दै जनश्रमदान मार्फत मर्मत गर्नुपर्ने बताउनुभयो।
ठुला पहिरोहरु डोजर मार्फत गाउँपालिकाबाट बजेटको ब्यवस्था गरेर मर्मत गरि सुचारु गर्ने बताउनुभयो । अब सानातिना समस्यालाई जनताले जनश्रमदान गर्दा बजेटको सदुपयोग हुन्छ वडाध्यक्ष पौडेलले भन्नुभयो–‘‘ सधैभरी चल्ने बाटोको रुपमा यो बाटोलाई बनाउने गरि यो आर्थिक वर्षमा ९ लाख बजेटको ब्यवस्था भएको छ, स्थानियको माग अनुसार नाली बनाउने सडक चौडा गर्ने जाली बाल लगाउने काममा खर्च गरिने बताउनुभयो ।
जनश्रमदान गर्ने परिपाटी हट्न खोजेको भन्दै वडाध्यक्ष पौडेलले अव जनताको सहभागितामा जनश्रमदानलाई ब्यापक बनाउनुपर्ने बताउनुभयो। यो अभियानमा जुट्न उनले सबैलाई अपिल समेत गरेका छन्।
नियमित रुपमा सार्वजनिक सवारी साधन सुचारु गर्न समेत माग गरेका छन्।
स्थानिएको सक्रियतामा गौमुखी गाउँपालुकाका विभिन्न वडाहरुले जनश्रमदान गर्ने अभियाननै चलाउन थालेका छन् ।