प्युठान। सरुमारानी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरलाई हस्तान्तरण गरिएको छ ।
सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले ५ नंवर वडा अध्यक्ष लक्ष्मी पल्ली मगरलाई एम्बुलेन्सको साँचो प्रदान गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरका प्रमुख विनाेद खडकालाई सवारी साधन हस्तान्तरण फारम हस्तान्तरण गर्नु भयाे ।
स्थानीयको उपचार सहज बनाउन एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको कोषबाट २० लाख १० हजार ५० रुपियाँ लागतमा एम्बुलेन्स खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार यो एम्बुलेन्स सरकारबाट भन्सार छुटमा ल्याइएको हो ।
केही समयअघि बड्डाडास्थित जनता माध्यमिक बिद्यालयलाई गाउँपालिकाले स्कुल बस सहयोग गरेको थियो ।