प्युठान,३० साउन । नेपाल सरकारसँग भएको विगतको सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षा ऐन २०८० मा संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै शिक्षकहरुले आन्दोलन जारी राखेका छन । नेपाल शिक्षक महासंघले नेतृत्व गरेको आन्दोलन अन्र्तगत मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको हो ।
विद्यालय शिक्षा ऐन २०८० मा विगतमा भएको सहमतिहरुको १० प्रतिशत माग समेत नसमेटिएको महासंघका केन्द्रीय सदस्य चक्रपाणी पौडेलले बताउनुभयो । बिगतमा सरकासंग भएको ३० बुदे र ५१ बुदे सहमति ऐनमा नसमेटिएको उहाँको भनाई छ ।
महासंघले साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसपछि भदौ १ गते प्रदेस सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ । माग सम्बोधनका लागि केन्द्र केन्द्रिय सरकार लगायत निकायलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।