प्युठान ,३२ साउन ।
झिमरुक गाउँपालिकामा विहिवार एक कार्यक्रमका बिच १५ शैयाको अस्पतालको शिलन्यास गरिएको छ । झिमरुक गाउँपालिका ५ ढाँडमा गाउँपालिका स्तरको १५ शैयाको अस्पतालको आज गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।
संघीय शसर्त अनुदान मार्फत अस्पताल निर्माण हुन लागेको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
भ्याट बाहेक २० करोड १२ लाख १९ हजार ३२ रुपैयामा निर्माण हुने अस्पतालको ठेक्का नव सिर्जनशील एस। जे।भी।ले पाएको छ । २०८२ साल ४ महिना १० गते सम्म निर्माण सम्पन्न हुने अस्पतालमा बिशेषज्ञ सहितको सेवा प्रवाह हुने छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल, कर्मचारी जनप्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।