प्युठान, १३ भदौ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्वारा ऐरावती गाउँपालिका ४ धुबाङमा रहेको पद्मोदय माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रम गरी बैंकले वित्तिय साक्षरता प्रदान गरेको हाे।
बैंकका प्रबन्धक श्रीधर पोख्रेलले विद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम गरिएको बताउनुभयो । बैंकले अन्य समयमा पनि साक्षरता कार्यक्रमसंगै सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताउनुभयो। वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सकेमा आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने उहाँको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक देवेन्द्र पोख्रेलले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद समेत दिनुभएको थियो । बैंकले आगामी दिनमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने योजना बनाएको बैंकका प्रवन्धक पोख्रेलले बताउनुभयो ।