प्युठान ,२४ भदौ ।
प्युठान नगरपालिका ८ बाग्दुलाका युवा व्यवसायी बासुदेब थापाले आफ्नो जन्मदिन आफैले सुरुमा अध्ययन गरेको बिद्यालयमा गएर बिद्यार्थीलाई स्टेशनरी बितरण गरेर मनाउनुभएको छ । प्युठान न पा ८ खप्रेङ्खोला स्थित आदर्श आधारभुत बिद्यालयका १ सय ८४ जना बिद्यार्थीलाई कापि र कलम उपहार दिएर थापाले आफ्नो जन्मदिन मनाउनुभएको हो ।

जन्मदिनको दिन भड्किलो तरिकाले भन्दा सामाजिक कार्य गरेर खुसी मनाउने सोचको बिकास हुने उहाको बुझाई छ ।
सामाजिक सञ्जाल फेसबुकमा शुभकामना दिने सबैलाई धन्यबाद प्रकट गर्दै उहाले पेजमा आफूले सुरुमा अध्ययन गरेको बिद्यालयका बालबालिकालाई स्टेशनरी बितरण गरेको उहाले जानकारी गराउनुभएको छ । उहा केही बर्ष अघि वभिन्न गैरसरकारी संघसंस्थामा कार्यरत हुनुहुन्थ्यो । तर पछिल्लो समय प्यूठान न पा ८ बाग्दुलामा ब्यबसाय संचालन गर्दै आउनुभएको छ ।