बबिता रिजाल
भाद्र २९ , प्युठान ।
आज ५९ औँ राष्ट्रिय बाल दिवस स्वर्गद्वारी नगरपालिकामा पनि “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका संगै भव्यताका साथ मनाईएको छ ।
दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटामा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगीताको आयोजना गरी मनाईएको हो । प्रतियोगीतामा स्वर्गद्वारी नगरपालिका भित्रका १६ वडा विद्यालय सहभागी थिए । स्वर्गद्वारी नगरपालिका बाल सञ्जालको आयोजना तथा कृषि तथा जिविको पार्जन प्रर्वद्धन गोल २ परियोजनाको सहकार्यमा आयोजीत विद्यालय स्तरीय लोक नृत्य प्रतियोगीतामा स्वर्गद्वारी नगरपालिकाको महिला , बालबालिका तथा जेष्ठ नागरीक शाखाको आर्थिक सहयोग गरेको थियो ।
प्रतियोगीता बाट लोक चेतना ऐकेडेमी स्वर्गद्वारी नगरपालिका ३ जलुके प्युठानले प्रथम स्थान हासील गर्न सफल भएको छ । यस्तै उमा महेश्वरी माध्यामीक विद्यालय स्वर्गद्वारी नगरपालिका ५ सारीले दोश्रो , बेलबास माध्यामीक विद्यालय स्वर्गद्वारी नगरपालिका ७ तापाले तेश्रो र जनता माध्यमीक विद्यालय स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङले चौथो स्थान प्राप्त गरेका छन् । प्रतियोगीतामा प्रथम लोक चेतना ऐकेडेमीले रु ६ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो , तेश्रो र चौथो हुनेले क्रमश रु ५ हजार , ४ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्वर्गद्वारी नगरपालिका बाल सञ्जालकी अध्यक्ष हेमा खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगर हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन स्वर्गद्वारी नगरपालिका बाल सञ्जालकी सदस्य कौशिला शर्माले गर्नुभएको थियो । यस्तै नगर स्तरीय बाल सञ्जालका उपाध्यक्ष बसन्त गोराथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।