
जेठ ६
प्युठान ,स्वर्गद्वारीमा बालविकास शिक्षकहरूको ३ दिने क्षमता बिकास तालिम सम्पन्न भएको छ। प्रारम्भिक बालविकास शिक्षकहरूको शिक्षाको जग बलियो बनाउन र शैक्षिक गुणस्तर वृद्धिमा मद्दत पुग्ने लक्ष्य सहित उक्त तालिम संचालन गरिएको आयोजक स्वर्गद्वारी नगरपालिकाले जनाएको छ।

जेसुईत सामाजिक संस्थाको प्राविधिक सहयोग, जिल्ला प्रहरी कार्यलय प्यूठानको समन्वयमा सुचारु भएको तालिमको स्वर्गद्वारी नगर प्रमुख टेक प्रसाद भण्डारीकोअध्यक्ष्यता, नगर उप-प्रमुख मिनराज राना, र जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाको आतिथ्यता , तथा सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ को अध्यक्ष गिर बहादुर घर्ती मगरको स्वागत मन्तव्य र ओविराम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु स्थानीय बुद्धिजीवी, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम जेठ ४ देखि ६ गतेसम्म संचालन भएको थियोे ।