• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

पठाओ दुर्घटनामा महिलाको मृत्यु, अफलाइन यात्रा गर्दा बीमा सुविधाबाट वञ्चित

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०७९ जेष्ठ ३१ गते, मंगलवार ०२:०२
विज्ञान प्रबिधि
0
पठाओ दुर्घटनामा महिलाको मृत्यु, अफलाइन यात्रा गर्दा बीमा सुविधाबाट वञ्चित
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंमा आइतबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कोटेश्वरमा गएराति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी राईको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजे ठक्कर दिएको थियो ।

अनुसन्धानबाट राईले राइड शेयरिङ प्लेटफर्म पठाओबाट अफलाइन यात्रा गरेको खुलेको छ ।

‘पठाओमा राईको नम्बरबाट रिक्वेस्ट पठाएको र यात्रा सुरु हुनुअघि राईले नै राइड क्यान्सिल गरेको देखिएको छ,’ पठाओकी प्रवक्ता सुरक्षा हमालले भनिन् ।

उनका अनुसार पठाओबाट अफलाइन यात्रा हुँदा मृतक राईको परिवार बीमा सुविधाबाट वञ्चित भएको छ ।

हाल पठाओ यात्राका क्रममा मृत्यु वा अपांगता हुन पुगेको खण्डमा एभरेष्ट इन्स्योरेन्समा १० लाखसम्मको बीमा दाबी गर्न सकिने व्यवस्था छ ।

तर अफलाइन राइड भए राइडर र यात्रु दुवैले बीमा सुविधा नपाउने हमाल बताउँछिन् ।

‘आइतबार राति भएको सवारी दुर्घटनाको प्रमाण हामीसँग छैन,’ उनले भनिन्, ‘अनलाइन राइड हुँदा सबै विवरण एपले नै ट्रयाक गर्छ । तपाईं कहाँबाट कहाँ पुगिरहनुभएको छ भन्ने कुरा एपबाटै ट्रयाक भइरहेको छ । तर अफलाइन यात्राको विवरण नहुँदा बीमा सेवा प्रदायकले रकम भुक्तानी गर्न सक्दैन ।’

पठाओ अनलाइन राइड शेयरिङ सेवा भएकाले राइडरले क्यान्सिल गरेपनि प्रयोगकर्ताले थाहा पाउन जरूरी भएको उनी बताउँछिन् ।

‘राइडरले क्यान्सिल गर्न लगाएको अवस्थामा पठाओमा कम्प्लेन गर्न वा अर्को राइड बुक गर्नसक्ने विकल्प छ । तर अफलाइन यात्रा गर्नु हरेक किसिमले जोखिमयुक्त छ,’ उनी थप्छिन् ।

उनका अनुसार यात्रुले राइडकै क्रममा आफ्नो विवरण सोसल मिडियामा आफन्तलाई पनि शेयर गर्नसक्छन् । चढिरहेको र चढ्ने व्यक्ति दुवैको जानकारी एपमा देख्न सकिन्छ । तर अफलाइन यात्रामा कुनै जानकारी हुँदैन ।

नियमित रूपमा पठाओ प्रयोग गर्ने यात्रुका लागि ‘प्रोमो कोड’ पनि उपलब्ध गराइरहेको जानकारी दिँदै हमालले यात्रुले आफ्नो यात्रालाई अझ सस्तोसमेत बनाउनसक्ने बताइन् ।

‘साथै एपमै रातो बटन दिइएको छ, जसमार्फत प्रयोगकर्ताले कुनै आपत परे १०० मा डायल गरी प्रहरीलाई जानकारी दिने विकल्प पनि छ,’ उनले भनिन् ।

यसैबीच अर्को सातादेखि ‘पठाओ सुरक्षा कबच’ अभियान सुरू हुन लागेको उनले जानकारी दिइन्

Previous Post

ह्वाट्सएपमा अपरिचित कल उठाउँदा अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्न थाले

संचारहब डट्कम

संचारहब डट्कम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

पठाओ दुर्घटनामा महिलाको मृत्यु, अफलाइन यात्रा गर्दा बीमा सुविधाबाट वञ्चित

पठाओ दुर्घटनामा महिलाको मृत्यु, अफलाइन यात्रा गर्दा बीमा सुविधाबाट वञ्चित

ह्वाट्सएपमा अपरिचित कल उठाउँदा अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्न थाले

ह्वाट्सएपमा अपरिचित कल उठाउँदा अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्न थाले

नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालकहरुले पाए सफाइ

नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालकहरुले पाए सफाइ

राति अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालन   

राति अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालन   

अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट

अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट

एसियन कप छनोट : नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्दै

एसियन कप छनोट : नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्दै

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..