प्युठान,९ पुष।
जिल्ला कारागार प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । थाउजेन युथ ग्रुप र देशभक्त युवा संस्थाद्धारा सोमबार जिल्ला कारागारमा एक कार्यक्रमको आयोजना गरि करिब १०० सय थान पुस्तक हस्तान्तरण गरिएको हो।
प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालद्धारा प्यूठान कारागार प्रमुख सुर्य बहादुर पन्तलाई पुस्तक हस्तान्तरण गरिएको हो । कैदी जीवन बिताईरहेका कैदीहरुलाई जीवन उपयोगीसंगै ज्ञान प्रदान गर्ने उदेश्यले कारागारमा पुस्तक अभियान सुरु भएको छ । जीवन उपयोगी पुस्तकले कारागारमा रहेका कैदी बन्दिहरुको क्षमता बढ्ने र मनोवल उच्च बनाउन सहयोग पुग्ने आशा गरिएको छ । कारागारबाट बाहिर निस्कदा सामान्य जीवनमा फर्कन सहयोग होस भन्ने हेतुले कारागारमा पुस्तक अभियान सुरु गरिएको छ ।
कार्यक्रममा प्रहरी नायब उपक्षिक इश्वर थापा, सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषाल, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजाल, देश भक्त युवा संस्था नेपालका केन्द्रिय सहसचिव सुजाता जिसिको उपस्थिीतीमा पुस्तक हस्तान्तरण गरिएको जिल्ला कारागार प्यूठानका प्रमुख सुर्य बहादुर पन्तले जानकारी दिनुभयो ।


