प्युठान,१७ मंसिर ।
प्युठानको माण्डवी गाउँपालिकामा ३२अौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।“दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता:अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता´´ भन्ने मुल नाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अपाङ्ग सञ्जाल माण्डवी गाउँपालिकाका संयोजक धन बहादुर वि.क को अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियोे ।यस्तै अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे , स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेल,अपाङग सञ्जालका सदस्य लगायत अन्य सरोकार वालाहरूको उपस्थिति रहेको थियो।
आगामी कार्यक्रमलाई वडा केन्द्रित गरि अपाङ्हरुको हक हितका निम्ति थप नयाँ रणनीति अवलम्बन गर्ने विषयमा छलफल भएको गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले जानकारी दिनु भयो।कार्यक्रम अपाङ्ग सेवा संघ प्युठानका सचिव राजेन्द्र रावत क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको पोषण संयोजक दाम बहादुर कार्कीले जानकारी दिनु भयो।


