• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

बिद्युत माग्दै स्याउलीबाङवासी पुगे प्राधिकरण कार्यालय

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० फाल्गुन १० गते, बिहीबार १९:४१
विज्ञान प्रबिधि, स्थानीय तह
0
बिद्युत माग्दै स्याउलीबाङवासी पुगे प्राधिकरण कार्यालय
3
VIEWS
Share on FacebookShare on Twitter

शम्सेरबिक्रम जि.सी
प्युठान,१० फाल्गुन ।

झिमरुक जलविद्युत् आयोजनाको मुख्यस्रोत मध्येको एक लुंगखोलाको शिरका स्थानीय विद्युत् माग गर्दै बिहीबार विद्युत्‌ प्राधिकरणको कार्यालय पुगे । नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका स्थानीय विद्युत् विस्तार नभएपछि दबाब दिन प्राधिकरण कार्यालय आएका हुन् । एक वर्षमै विद्युत् विस्तार सक्नेगरी तीन वर्षअघि सुरु भएको काम अझै पूरा भएको छैन ।
विद्युत् विस्तारमा ढिलासुस्ती हुँदा स्थानीय विद्युत् उपभोग गर्नबाट वञ्चित भएको नौबहिनी गाउँपालिका १ स्याउलीबाङका पूर्ववडाध्यक्ष शेरबहादुर सेनले बताउनुभयो । ‘कामै भएको छैन, गाउँ पुगेका विद्युत्‌का सामान पनि खोला र जगंलमा अलपत्र छन्,’ उहाले भन्नुभयो, ‘कार्यालयले दिएका सामान ठेकेदारले जथाभावी छोड्दा हराउने, चोरी हुने समस्या पनि उस्तै छ ।’ विद्युत्‌ कार्यालय आएका स्थानीयले ठेकेदार खोजी दिनसमेत आग्रह गरे ।

एक/दुई जनाले ताकेता गर्दा पनि सुनुवाइ नभएपछि सिंगो गाउँ नै आउनुपरेको स्थानीयको भनाइ छ । टोल टोलको प्रतिनिधित्व हुनेगरी यता आएका छौं, समयमै काम नभए कार्यालय घेराउ गर्न आउँछौं, स्थानीयले भने । सहज ढंगबाट विद्युत्‌ माग गर्दा आफूहरुको आवाज सुनुवाइ नभएको उनीहरुले गुनासो गरे । हाम्रो आवाज कार्यालयले सहज ढंगबाट सुनेन, त्यसैले दबाब दिन आएका हौं, स्याउलीबाङका स्थानीय एलपी शेरचनले भन्नुभयो । स्याउलीबाङ प्यूठानको सबैभन्दा दुर्गम गाउँ हो । पर्यटकीय सम्भावनाको प्रचूर सम्भावना बोकेको क्षेत्र भए पनि अहिलेसम्म गाउँमा विद्युत्‌ पुगेको छैन । विद्युत् अभावले गाउँमा सानाठूला उद्योग सञ्चालन गर्न कठिनाई भइरहेको शेरचनले गुनासो गर्नुभयो। हाम्रो समस्या बजारमा बस्नेलाई के थाहा, भन्दा हाँसो उठ्ला तर हाम्रो बाध्यता यही हो, गाउँमा अहिलेसम्म विद्युत् छैन् । २१ औं शताब्दीका नागरिक हौं पनि कसरी भन्ने,’ उहाले भन्नुभयो , ‘सामान्य आवश्यकता पनि पूरा भएको छैन ।’

नौबहिनी गाउँपालिका १ स्याउलीबाङमा विद्युत्‌ विस्तारका लागि २०७८ जेठ ७ गते ठेक्का सम्झौता भएको थियो । विद्युत् विस्तारको जिम्मा महर्षि कन्ट्रक्सनले पाएकोमा तीन वर्ष बित्नैलाग्दा समेत १० प्रतिशत पनि काम हुन नसकेको नौबहिनी गाउँपालिका वडा नं १ का अध्यक्ष घनबहादुर बुढाले बताउनुभयो। २०७८ चैत ३० गतेभित्र काम सम्पन्न गर्ने योजना हो, तर ८० सालको चैत आउन लाग्दासम्म योजना पूरा भएको छैन । गाउँमा विद्युत्‌ विस्तारमा ढिलासुस्ती भएपछि कार्यालयको ढोकासम्म आइपुगेको छौं, वडाध्यक्ष बुढाले भन्नुभयो, पटक-पटक ताकेता गर्दा कार्यालय र ठेकेदार कम्पनी दुबैले बहाना बनाउँदै भाग्ने गरेका छन् । सम्झौताअनुसार तोकिएको मितिमै काम भैदिएको भए गाउँमा दुई वर्ष पहिले नै विद्युत्‌ पुग्ने थियो । अहिलेसम्म हामी अन्धकारमा छौं, कहिले विद्युत्‌ बाल्न पाउँछौ जवाफ चाहियो, स्थानीय पूर्ण बुढामगरले भन्नुभयो,विद्युत्‌ विस्तारको काम सुरु गराउन जुनसुकै निकाय जान परे पनि पछि पर्दैनौं ।

स्याउलीबाङमा विद्युत्‌ विस्तारका लागि प्यूठान वितरण केन्द्रले १५ लाख ५ हजार ८ सय ३८ रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । तर कोरोना महामारीका कारण विद्युत् विस्तारका लागि आवश्यक सामान नहुँदा काममा ढिलासुस्ती भएको नेपाल विद्युत्‌ प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख ईन्जिनियर महेन्द्रकुमार दासले बताउनुभयो। उनका अनुसार अहिले सबै सामान आइसकेकाले अबको एक/डेढ महिनाभित्र काम सम्पन्न हुनेछ । ‘चैत मसान्तसम्ममा काम सक्नेगरी निर्देशन दिएका छौ,’ उहाले भन्नुभयो, ‘भनेको समयमा काम पूरा नभए अर्को प्रक्रियामा जान्छौं ।’

Previous Post

कार्यसम्पादन मूल्यांकनमा प्यूठानको सरुमारानी जिल्लामा पहिलो, देशभरमा दशौं स्थानमा

Next Post

सरूमारानीमा फागुन १५ गते स्थानिय बिदा

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सरूमारानीमा फागुन १५ गते स्थानिय बिदा

सरूमारानीमा फागुन १५ गते स्थानिय बिदा

जन्ती बोकेको स्कारपियो दुर्घटना, एकको मृत्यु

प्यूठानमा हाते ट्याक्टरले च्याप्दा एक किसानको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..