प्युठान,१३ चैत ।
प्युठानको माण्डवी गाउँपालिका -४ उदयपुरकोटमा १ दिने नि:शुल्क पशु शिविर सम्पन्न भएको छ।एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय प्युठानको मुख्य आयोजना र माण्डवी गाउँपालिकाको सहजीकरणमा शिविर सम्पन्न भएको हो |
एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको गाउँपालिकाका पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिनु भयो |उहाँका अनुसार करिव १४५ घरधुरी लाभान्वित शिविर मार्फत १,७५४ वटा बाख्रा,२७०वटा गाइ गोरु, ५८ वटा भैसि र ८०२ वटा कुखुराहरुका लागि आवश्यक औषधी वितरण सहित सामान्य उपचारको व्यवस्था गरिएको थियो|
एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय प्युठानका प्रमुख उमेश चन्द्र श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष डिल बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियोे।प्रमुख अतिथि एवम् ४ नं. वडा अध्यक्ष घर्तीले व्यानर पढेर उद्घाटन गर्नु भएको कार्यक्रममा पशु विकास अधिकृत डा. गणेश पुनले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन माण्डवी गाउँपालिकाका पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारी ले गर्नु भएको थियो|शिवर आयोजना गरिएकोमा स्थानीयहरुले आवश्यक अनुसारको सेवा लिन पाउँदा खुसी व्यक्त गरेका छन्।