चैत २०
जीवन हमाल (प्युठान )
नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले पार्टी लाइ बलियो बनाउन जनताप्रति विश्र्वास टुटाउन नहुने बताएका छन् ।शुक्रबार एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको आयोजना गरेको पार्टी बैठकलाई सम्बोधन गर्दै संसद चौधरीले यस्तो बताएका हुन् पछिल्लो समय राजनीतिप्रति जनताको विश्र्वास कम हुँदै गरेको हुदा यस पार्टी मा सम्बद्ध नेताहरु चनाखो हुन्न आवश्यक रहेको उहाको भनाइ थियो साथै प्युठानी जनता अझ स्वर्गद्वारी का जनता गुठी पिडीत रहेको उहाँहरु को आवाज संसद मा बोलिरहेको छु सकेसम्म न्याय दिलाउन लागि परेको जानकारी गराउनु भएको थियो साथै हामी यहीँ जेठ ७देखि १० गते सम्म काठमाडौंमा हुने पार्टीको राष्ट्रिय अधिबेशन सफल पार्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाइ तृब गतिमा परिचालित हुन निर्देशन गर्नु भएको छ ।
एकीकृत समाजवादी जिल्ला कमिटी प्युठानका अध्यक्ष डा. भोज बिक्रम बुढा मगर को अध्यक्षता, सचिवालय सदस्य लिलबहादुर बुढामगर्ले बैठक संचालन र स्वागत मन्तव्य उपसचिव खिम सुनारले गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज राजकुमार कक्षपति,केन्द्रीय परिषद् कृष्ण रायमाझी महिला संघ जिल्ला इन्चार्ज माया बि.क महिला जिल्ला सदस्य सिर्जना सुनार प्रदेश कमिटी सदस्यहरु दिपक बुढामगर, जे,रा पुलामी राकेश घर्तीमगर,, युवा संघ केन्द्रीय सदस्य राज सिहनिया, युवा संघका जिल्ला अध्यक्ष कमल घर्ती मगर लगायतका प्युठान जिल्ला नेताहरु उपस्थिति रहेको थियो