जीवन हमाल (प्युठान)
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँएको छ छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् यस्तै स्वर्गद्वारी नगरपालिका वडा न:२ नोस निबासी कमल घर्ती मगर ले भन्ने आफ्नो आमा झगी घर्ती मगरको सम्झनामा जिल्ला अस्पतालमा प्युठानमा आउनु भएका वृद्ध आमाहरु लाई आफ्नो स्वर्गीय आमाको सम्झनामा फलफुल वितरण गर्नु भएको छ ।
घर्तीको आमा ६ वर्ष पहिले स्वर्गवास हुनुभएको थियोे घर्ती समाजसेवी व्यक्ति र जिल्लाको युवा नेता समेत हुनुहुन्छ उहाँ अहिले युवासंघ नेपाल को जिल्ला अध्यक्ष हुनुहुन्छ।
उहाँ भन्नू हुन्छ मेरो आमा म संग हुनुहुन्न तर पनि धेरै आमाहरुको आशिर्वाद पाएको छु म जहाँ जान्छु दुःख पाउनु भएका आमाहरुको सेवा गर्छु त्यहि आमाहरुको अनुहारमा मैले मेरो आमाको मुस्कान देख्ने गर्छु ।
आज आमाको मुख हेर्ने दिन आमाको सम्झनामा मैले सधैं यसरी नैं यो दिनलाई मनाउने गरेको छु।
घर्तीले अस्पतालमा उपचार गर्न आउनु भएका करिब ३० जना वृद्ध आमाहरुलाई फलफूल वितरण सहित आशिर्वाद ग्रहण गर्नु भएको थियोे ।
घर्ती लगायत अन्य युवाहरु पनि सहभागी हुनुभएको थियोें घर्ती भन्नू हुन्छ आजको दिन मात्र हैन अन्य दिनमा पनि आमाहरुको सेवा गर्न कहिले पछि नहट्ने र सकेको सहयोग गर्ने बताउनु भएको छ ।