सन्दीप लामिछानेलाई न्याय माग्दै सर्वोच्च परिसर पस्न खोज्ने तारा बरालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आइतबार तारा बरालसहित सर्वोच्च पुगेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।