२०८१ साउन २५, शुक्रबार
प्युठान । आफ्नो अधिकार सुनिश्चित गर्न सर्वप्रथम सम्पुर्ण आदिवासी जनजातिहरु एक हुन आवश्यक रहेकाे डाक्टर भाेजविक्रम बुढामगरले बताउनु भएकाे छ । गौमुखी गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आदिवासी जनजाति उत्थान हुन शिक्षा महत्वपुर्ण रहेकाे बताउनुभयो । नेपालको भूगोलमा सबैभन्दा पहिले जङ्गल खनी खोर्सी बसोबास गरेको समुदाय नै आदिवासी जनजाति भएको उल्लेख गर्दै आदिवासी जनजातिलाई बिश्वको विभिन्न मुलुकमा विभिन्न शव्दले बुझाउने गरेको बताउदै नेपालमा मुलबासी, मंङ्गोल, मटुवाली आदि जे शव्दले चिने पनि त्यस्को सार संयुक्त राष्ट्र संघ र नेपाल सरकारले आदिवासी जनजाति शव्द प्रयोग गरेकोले कुनै भ्रममा नपर्न बुढामगरको सुझाव रहेको थियो । गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले आदिवासी जनजातिलाई हरेक कुरामा अगाडि बढाउन निकै चुनाैति रहेकाे बताउनुभयो । उहाँले आदिवासी जनजातिहरुसंग शीप र संस्कृति प्रचुर रहेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेल र विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।
“स्वेच्छिक रुपमा राज्यबाट अलग र प्रारिम्भक सम्पर्कमा रहेका आदिवासी जनजातिकाे अधिकारकाे संरक्षण ” भन्ने मुल नारा सहित गौमुखी गाउँपालिकामा ३० औं विश्व आदिवासी दिवस तथा आदिवासी जनजाति सवाल र समस्या विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ गाैमुखी गाउँपालिका समन्वय परिषद् प्यूठानकाे आयाेजनामा गाैमुखी गाउँपालिकाकाे समन्वयमा गाैमुखी सभाहलमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघसंस्था प्रतिनिधको सहभागिता रहेकाे थियाे । गौमुखीमा थकालि, मगर, गुरुङ, तामाङ र कुमाल जातिहरुको वसाेवास रहेकाे छ।
आदिवासी जनजाति महासंघ समन्वय परिषद गौमुखी गाउँ पालिकाका अध्यक्ष लिलामणि थापाकाे अध्यक्षता तथा डा.भाेजविक्रम बुढामगरकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमकाे संचालन आदिवासी जनजाति संजालका अध्यक्ष चन्द्र बहादुर कुमालले गर्नुभएको थियो ।