प्यूठान। नेकपा (एकीकृत समाजवादी), प्युठानले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली नारीहरूको पर्व तीजको अवसर पारेर सोमबार दर खाने तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको हो। प्युठानको बाग्दुला गोल्डेन कटेजमा कार्यक्रम सम्पन्न भएको हो।
हिन्दु नारिहरुको हरितालिका तीजको अवसरमा कार्यक्रम गरि जिल्ला कमिटीले आफ्नो पार्टीका महिला दिदी बहिनीहरूलाई दर खुवाउने तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
एकीकृत समाजवादीको महिला संगठन अनेमसंघ (समाजवादी) प्युठानका अध्यक्ष मिना थपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चित्रकली बूढा मगर विषेश अतिथि नौबहीनी गाउँपालिका वडा न.३ का महिला सदस्य धनी झाँक्री, नौबहिनी गाउँपालिका वडा न. १ पूर्व दलित महिला सदस्य दल सरा सुनार अतिथि लाली सुनार, कमला गिरि हमाल,र मोति राम श्रेष्ठ रहनु भएको थियो।
त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य रेखा सुनारले राख्नु भएको थियो। जिल्लाका विभिन्न स्थानबाट ७० बढी महीलाहरुको उपस्थिति रहेको नेकपा (एकीकृत समाजवादी) प्युठानका उप सचिव खिम सुनारले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्रकली बुढा मगरले यति धेरै महिलाहरू लाई एकै ठाउँमा जमघट गराएर दर खुवाउने तथा शुभकामना आदानप्रदान र एकआपसमा दुःख सुख साट्ने अवसर जुटाएको भन्दै कार्यक्रमले समाजमा चाडपर्वका नाममा हुने गरेका भड्किला क्रियाकलापलाई अन्त्य गर्दै परम्परागत मौलिकता जोगाउन र मौलिकता भनेको के हो र वास्तवमा दर खाने भन्ने कुरा के भन्ने कुरा समाजमा राम्रो सन्देश दिएको बताउनु भयो।
कार्यक्रमका अध्यक्ष श्रेष्ठले बर्खाको समयमा पनि यति धेरै दिदी बहिनी उपस्थित हुनुमा आफू र आफ्नो सङ्गठन खुशी भएको बताउनु भयो। उनीहरूले मौलिक संस्कृति झल्कने विभिन्न गीत सँगितसहित मनोरञ्जन सहितका सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।