२०८१ असोज १४ गते जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई कार्यालयको आयोजनामा २०८० सालको SEE को परिणामको समिक्षा र भावी योजनाको बिषयमा प्युठानमा रहेका सरोकारवालाहरुको बिचमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि सीकाे अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य माननीय तुल्सी राम शर्माकाे प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्यद्व्य माननीय नीमा गिरी र माननीय धन लक्ष्मी श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुखहरु, पालिका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी), सरकारी कार्यालयका प्रमुखहरु तथा प्रतिनिधिहरु, माध्यमिक बिधालयका प्रधानाध्यापकहरु, बिधालय ब्यवस्थापन समितिका अध्यक्षहरु, पालिका शिक्षा तथा खेलकुद शाखा प्रमुखहरू, विभिन्न सघं-संस्थाका प्रतिनिधिहरू र पत्रकारहरुकाे उपस्थिति रहेको थियो। उक्त समिक्षा बैठकमा आएका सुझावहरुलाई कार्यन्व्यन गरि आगामी दिनहरुमा प्युठानको बिधालयहरुले परिणाम दिने जिल्लाबासीले अपेक्षा गरेका छन ।