राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिकाले आज एक कार्यक्रमबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान परिवेशमा नेपालमा संघियता उचित छ कि छैन ? यसले राष्ट्रको राष्ट्रीयतामा कस्तो प्रभाव पार्छ भन्ने मुख्य विषयबस्तु रहेको कार्यक्रममा पालिका तथा प्यूठान जिल्लाका राजनैतिक दलका नेताहरूको उपस्थिति थियो । क्याम्पस प्रमुख विद्यालयका प्रधानाध्यापक शिक्षक बुद्धिजीवी तथा समाजसेवी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा वक्ताहरूले विषयबस्तुमा आफ्ना आफ्ना धारणा राखेका थिए । संघीयता अझै कार्यान्वयन तथा अभ्यास र प्रयोगकै चरणमा रहेकोले अहिले नै ठिक अथवा बेठीक भन्न नसकिएपनी संघीयता निश्चित व्यक्तिहरूको कमाई खाने भाडो भएको अधिकांश वक्ताहरूको जिकिर छ ।
राजमोका नेताले भने संघीयता राष्ट्रको लागि निकै भारी परेकोले यसको खारेजी हुनुपर्ने मान्यता राख्दै आगामी चैत २४ गतेदेखि काठमाडौमा हुने संघीयता बिरोधिको कार्यक्रममा साथ दिन सबैलाई आग्रह पनि गरे । नामका मात्र कम्युनिष्ट जस्तो भएको राजनैतिक दलहरूको भिड भन्दै अन्य नेताहरूले राजमोले पहिले आफ्नो क्षेत्रमा सुशासन कायम गर्न समेत आग्रह गरे ।