३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमाले मात्र होइन, सत्तारुढ माओवादी केन्द्रका नेताहरुले समेत प्रश्न उठाएका छन् । माओवादी प्रमुख सचेतक देव गुरुङले संसदमै प्रधानमन्त्रीको भ्रमण रद्द गर्न माग गरेका छन् भने एमालेले प्रधानमन्त्रीको भ्रमण र त्यसक्रममा हुने सहमतिबारे संसदलाई जानकारी दिन माग गरेको छ ।
प्रधानमन्त्री भ्रमणबारे प्रश्न उठ्नेको एउटा कारण हो, अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता । अमेरिकाले यो सम्झौताका लागि निरन्तर लबिइङ गर्दै आएको छ ।