• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

गहिरो निद्रामा रहेकामाथि आफ्नै घर खस्यो

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० कार्तिक १९ गते, आईतवार ०७:२९
कर्णाली प्रदेश, मुख्य समाचार
0
गहिरो निद्रामा रहेकामाथि आफ्नै घर खस्यो
1
VIEWS
Share on FacebookShare on Twitter

१८ कात्तिक, खलंगा । शुक्रबार राति जाजरकोट मस्त निद्रामा थियो । भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका प्रकाश शाह (४९) को परिवार पनि पहिलो निद्रामा मस्त थियो । घर नजिकै रहेको मन्दिरको घण्टी मध्यरातमा एक्कासी बज्यो । निरन्तर बजेको घण्टीको आवाजले सत्तलमा सुतेकी नरिन्ताकुमारी शाह (५१) ब्यूँझिनुभयो ।

‘घण्टी बेस्सरी बजेपछि उठ्दा भूकम्पले बेस्सरी झ्याँक्यो’, भूकम्पको धक्का कम भएपछि बाहिर निस्कनुभयो । वरपर सबै घर भत्किएको थियो, देवर प्रकाशको घर पनि भत्किएको थियो ।


देवर–देउरानीसहित ५ जनाको परिवार त्यही घरमा थिए । देउरानीका साइलो भाइ र भाञ्जी पहुना आएका थिए । नलगाड नरगरपालिकाकी उपमेयर पनि सरिता सिंहले पनि यूएनडीपीको कार्यक्रममा भाग लिन शुक्रबार सदरमुकाम आएर प्रकाशकै घरमा भाडामा लिएको कोठामा बास बस्नुभएको थियो ।


भूकम्पको धक्का थामिएपछि नरिन्ता र छरछिमेकी भत्किएको प्रकाशको घरमा पुगे । प्रकाशकी पत्नीलाई धुरीबलोले थिचेको थियो । छोराछोरीलाई उहाले  जोगाउनुभएको रहेछ । ‘उहाले हात हल्लाएपछि ढुंगाको टेको लगाएर बलो उचालेर निकाल्यौं । भाञ्जीलाई खाट र दराजले चेपेको रहेछ, २ घण्टा लगाएर निकाल्यौं’, नरिन्दा भन्नुहुन्छ, ‘उपमेयर र भाइको सालो हामीलाई छाडेर गइगए ।’
उद्धारमा संलग्न कृपाल बुढाका अनुसार प्रकाशका सालालाई दराजसँगै घरको भित्ताको ढुंगा र माटोले छोेपेको थियो । टाउको मात्र देखिएको अवस्थामा उद्दार गरिएका उनको मृत्यु भइसकेको थियो । तल्लो तलाको कोठामा रहेकी नलगाडकी उपमेयर सिंहको पनि भग्नावशेषले थिचेर मृत्यु भइसकेको थियो ।


प्रकाशको हातमा चोट लागेको छ, उहाकी पत्नीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नरिन्दाले आँखाभरि आँसु पार्दै भन्नुभयो, ‘अब भगवानको कृपा !’
जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिकामा मात्र ४२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । सबभन्दा बढी नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको छ भने कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जना गरी जिल्लामा १०५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा ५१ जनाको मृत्यु भएको छ । ७८ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका बढी प्रभावित भएको छ ।

आठबीसकोटका ४२ रसानेभेरीका १० जनाको मृत्यु भएको छ । ‘खोज, राहत र उद्धारलाई प्रभावकारी बनाउन करिब ४५० जना प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ’, उहाले भन्नुभयो, ‘प्राप्त सूचनाका आधारमा कतै खोज तथा उद्धारको काम बाँकी छैन ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ लाई केन्द्र बनाएर राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । स्थानीयका अनुसार मध्यरातमा आएको भूकम्पले घर भत्किएका कारण धेरैले भाग्ने अवसर नै पाएनन् ।

‘हामी त निदाएका थियौं, अत्तोपत्तो भएन’ श्रीमान, छोरी र नन्दसहित माथिल्लो थाप्लेकी मीना खत्री वली (२६) भन्नुहुन्छ, ‘भूकम्प गएको जस्तो लागेन, चट्याङ परेजस्तो, आकाश नै खसेको जस्तो भयो ।’ भूकम्पले कोठा भाडामा लिएर बसेको घर भत्किँदा नन्दलाई चोट लाग्यो । राति नै अस्पताल लगेका छन् । उनीहरु नजिकै रहेको दिदीको घरमा आश्रय लिएर बसेका छन् । ‘अहिले पनि मुटु कामिरहेको छ’, उहाले भन्नुभयो, ‘भत्किएको घर हेर्ने बस्ने, अरु के गर्नु ?’

माथिल्लो थाप्लेकै मधुसुदन शर्मा (६२) पनि भूकम्पमा कसरी बाँचियो भन्ने बताउन सक्ने अवस्था छैनन् । क्षतिग्रस्त घर नजिकै भेटिएका उहाले यत्ति भन्नुभयो, ‘एकैपटक झ्यामझुम भयो । दैवले गर्दा बच्न सफल भयौं भन्नुपर्छ ।’

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माका अनुसार सदरमुकाम खलंगामा पुराना मोडलका घर भएकाले धेरै भत्किएका छन् । चार वटै सुरक्षा निकाय र स्थानीयबासी मध्यरातबाटै सदरमुकाम क्षेत्रमा उद्दारमा जुटेका थिए । घाइतेहरुलाई जिल्ला अस्पताल खलंगा लगिएको थियो ।

अस्पतालमा कोलाहल

विहानपख अस्पताल घाइतेहरुले भरिइसकेको थियो । सदरमुकाम र आसपासका क्षेत्रबाट आएका बिरामीहरुलाई परिवारका सदस्य र सुरक्षा निकायले अस्पताल पुर्‍याएका थिए । कतिपय अभिभावक भूकम्पमा परी ज्यान गुमाएका बालकालिकाको शव काखमा बोकेरै अस्पताल पुगेका थिए ।

इन्चार्ज प्रतीक्षा भारतीका अनुसार उपचार गर्नै नसक्ने अवस्था आएको थियो । दिउँसोबाट भने घाइतेहरुलाई सुर्खेत र नेपालगञ्ज रिफर गर्न थालेपछि केही सहज भएको छ ।

जिल्ला अस्पताल, रुकुम पश्चिमका डा. सुशील पोखरेलका अनुसार २५० जना घाइते उपचारका लागि आएका थिए । ७ जनालाई काठमाडौं ल्याइएको छ भने २५ जनालाई सुर्खेत रिफर गरिएको छ, चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अरु भने उपचारपछि घर फर्किएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जमा ३१ जनाको उपचार भइरहेको पूर्वनिर्देशक बद्री चापागाईँले जानकारी दिनुभयो। नेपालगञ्ज लगिएकामध्ये एक जनाको बाटोमै मृत्यु भएको भन्दै उहाले  अगाडि भन्नुभयो, ‘उपचाररत ३० दुई जनाको अवस्था गम्भीर छ, अरुको अवस्था गम्भीर छैन । हात खुट्टा भाँचिएको, अरु चोटपटक छ ।’

प्रधानमन्त्रीको दौडधुप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । जाजरकोटका सांसद समेत रहेका उर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायतका नेतासहित पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जाजरकोट अस्पतालमा पुगेर विरामीहरुलाई भेटनुभयो ।

उद्धार र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने ढाडस दिए । प्रचण्ड सवार हेलिकप्टरले नलगाडका ७ जना घाइतेलाई सुर्खेत पुर्‍याएको थियो ।

त्यसपछि प्रचण्ड रुकुम पश्चिम पुग्नुभयो । चौरजहारी, सानीेभरीका साथै जिल्ला अस्पताल सल्ले पुगेर बिरामीहरुलाई भेटनुभयो । भूकम्पका कारण सबभन्दा धेरैको मृत्यु भएको आठबीसकोट नगरपालिका– ९ राडी बजार पुगेर पीडितहरुलाई भेटनुभयो ।

दुई जना घाइतेलाई लिएर नेपालगञ्ज पुग्नुभएका उहा  नेपाली सेनाको हेलिकप्टर त्यही छाडेर नियमित उडानबाट काठमाडौं फर्किनुभयो । त्यसअघि नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको बताउनुभयो।

‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ’ उहाले भन्नुभयो,  ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थापनाको काममा लाग्छौं ।’

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पुगेका छन् । लुम्बिनी प्रदेश सरकारले टोली पठाएको छ भने कर्णाली प्रदेशले पनि थप टोली पठाएको छ । राजनीतिक दलका नेता कार्यकर्ता पनि उद्दार तथा राहतमा जुटेका छन् ।

शनिबार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमा नेतृत्वमा बसेको बैठकले तत्काल राहत व्यवस्थापनका लागि खाद्यान्न र अस्थायी आवास सामग्री जिल्ला पठाउने निर्णय गरेको छ ।

उद्दार कार्य तथा राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्धार प्रणालीबाट परिचालन गर्ने र दुबै जिल्लाको विपद् व्यवस्थापन कोषमा ५÷५ करोड रुपैयाँ रकम पठाउने पनि निर्णय भएको छ ।


अनलाईनखबरबाट साभार

Previous Post

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते

Next Post

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

आज गाई पूजा गरिंदै

आज गाई पूजा गरिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..