प्युठान,२८ पुष ।
ऐरावती गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
पौष २६ गते बिहीबारदेखि सुरु भएको प्रतियोगिता पौष २८ शनिवार सम्पन्न भएको हो। गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा अध्यक्षहरूको आतिथ्तामा समापन कार्यक्रम सम्पन्न भएको थियो।
प्रतियोगिता महिला र पुरूष गरि जम्मा २८ बिधाका खेलहरू समेटिएको थियो ।जनता माध्यमिक बिधालय ऐरावती ६ बिजुलीले १३ वटा स्वर्ण पदक, ७ वटा रजत पदक र ५ वटा काश्य पदक गरी जम्मा २५ वटा पदक हासिल गरी चौथो राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको हो ।
त्यस्तै मोती माध्यमिक बिधालय ऐरावती २ बरौंलाले ६ वटा स्वर्ण पदक ५ वटा रजत पदक र ७ वटा काश्य पदक गरी जम्मा १८ वटा पदक हासिल गरेर द्वितीय भएको छ । त्यस्तै धर्मोदय माध्यमिक बिधालय ऐरावती ३ जाबुनेले ३ वटा स्वर्ण पदक ४ वटा रजत पदक र ६ वटा काश्य गरी जम्मा १३ वटा पदक हासिल गरी तृतीय भएको छ ।
प्रतियोगितामा उत्कृष्ट छात्र खेलाडी पुरस्कार जनता माविका छात्र खेलाडी विवश पाण्डेले प्राप्त गर्नुभएको छ , उत्कृष्ट मार्च पास पुरस्कार जनता माविले प्राप्त गरेको छ । उत्कृष्ट छात्रा खेलाडी पुरस्कार धर्मोदय मावि कि छात्रा रेखा गुरूङले प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा भलिबल तर्फ छात्र,छात्रा भलिबल प्रथम जनता मावि बिजुली, छात्र भलिबल द्वितीय मोती मावि बरौंला,
छात्रा भलिबल द्वितीय धर्मोदय मावि जाबुने र छात्र भलिबल तृतीय धर्मोदय मावि जाबुने, छात्रा भलिबल तृतीय दाङवाङ मावि दाङवाङ भएका छ्न । प्रतियोगितामा काश्य,रजत र स्वर्ण पदक बिजेता खेलाडीहरूलाई मेडल,प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।