प्युठान,२९ पुष ।
गौमुखी प्रवेशद्वारको उदघाटन गरिएको छ । प्युठानको गौमुखी गाउँपालिका–२ का स्थानीय समाजसेवी रमेश बुढा निशेलले आफ्नो हजुरबुबा हरिभान निशेल, हजुरआमा नन्दकली बुढा र बुवा चिन्तामणी बुढा निशेलको स्मृतिमा निर्माण गरेको प्रवेशद्वार र चौपारी आईतबार उदघाटन गरिएको हो ।
माघे सक्रान्तिको अवसरमा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी र उपाध्यक्ष महाबिर रानाले उदघाटन गर्नु भएको हो । प्रसिद्ध धार्मिक तथा तीर्थस्थल गौमुखीमा पुष मसान्तबाट सुरु हुने मेला,माघे माघ १ गते सम्म लाग्ने गर्दछ । गौमुखीमा माघिमा दर्शन तथा स्नान गर्न जिल्ला संगै बाहिरी जिल्लाका तीर्थयात्रीको घुइँचो लाग्ने गर्दछ । जिल्लाको प्रमुख पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी पछिको दोस्रो ठुलो तीर्थस्थल गौमुखी मानिन्छ


