प्युठान,५ चैत ।
नोैबहिनि गाउँपालिका वडा नम्बर ६ ले माछा मार्न रोक लगाएको छ । वडाले आज एक सुचना जारी गर्दै वडा नम्वर ६ अन्तरगत पर्ने खोलामा माछा मार्न निषेध गरेको हो । चैत, वैशाख र जेठ महिनामा जलचर प्राणी माछाको प्रजन तथा साना बच्चा हुने भएकाले जेठ मसान्त सम्म जलचर प्राणीको संरक्षणको लागी माछा मार्न निषेध गरिएको जारी सुचनामा उल्लेख छ ।
माछा मार्ने कार्यमा संलग्न भएको देखिएमा र भेटाएमा कानुन बमोजिम कार्वाही गर्ने वडा अध्यक्ष मान बहादुर केसीले बताउनुभयो । साथै माछा मार्ने कार्यमा संलग्न व्यक्तिको सुराकी दिने व्यक्तिलाई पुर्ण रुपमा गोपनियतामा राखी पुरस्कारको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो ।