प्युठान ,८ बैशाख ।
ऐरावती गाउँपालिका वडा नंम्बर ४ धुवाङलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । स्थानिय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता,हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ रााष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आज वडालाई पूर्ण खोप सुनिश्चितता दिगोपना निरन्तरता वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एव्म गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले आज एक कार्यक्रमको बिच वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहले पूर्ण खोप सुनिश्चित वडा घोषणा संगै यसलाई निरन्तरता र दिगोपनामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । यसको निरन्तरता र दिगोपनामा योजना सहित अगाडि बढनका लागि पालिकाले आवश्यक समन्वय,सहकार्य तथा सहयोग गर्ने बताउनुभयो । पुर्ण खोप दिगोपना सुनिश्चितता गर्नका लागि अहोरात्र खटिने स्वास्थय स्वयंसेविका,आमासमुह,स्वास्थ्यकर्मीहरुको मुख्य भुमिका रहेकोले सबैलाई धन्यवाद समेत दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुले १५ महिना सम्म पाउनुपर्ने सम्पुर्ण खोप पाएको हुनाले वडालाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताउनुभयो । यस अघि यस अघि रस्पुरकोट स्वास्थ्य चौकी ऐरावती गाउँपालिका वडा नंम्बर ५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताउदै आगामी दिनमा अन्य वडालाई पनि घोषणा गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका उपाध्यक्ष भागीरती केसीको अध्यक्षयतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख शेर शिह थापा मगर, स्वास्थय स्वयंसेविका,आमा समुह,स्वास्थ्यकर्मी,स्थानीय लगायतको उपस्थिति रहेको थियो ।