प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस नेताहरूसँग छलफल गरेका छन् ।
अहिले बालुवाटारमा प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलाबिच छलफल भइरहेको छ ।
सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्ने लगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।
कांग्रेस सभापतिका सहयोगी भानु देउवाले अहिले बालुवाटारमा भेटवार्ता भइरहेको संचारहव डटकम लाई खबर दिएको छ।