नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान गरिएको छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको हो ।यादवका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।
प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेको छ उद्धारको काम थालिरहेका छौ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले भन्ने यकिन विवरण भने आई नसकेको बताएका छन थप बिवरण आउन बाकी छ ।