नेकपा एमाले भित्रको गुटबन्दी छताछुल्ल भएको छ । संघीय सरकारमा मन्त्री पठाउदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेका थिए । पार्टी भित्र मन्त्रीका लागि संभावित अनुमान गरिएका भन्दा फरक मन्त्रीहरूको सिफारिस गरिएपछि पार्टी भित्र धेरै नेताहरू निराशा थिए तर उनिहरुले कुनै प्रतिकृया दिने हिम्मत गरेका थिएनन । संघीय सरकार गठनमा मात्र होइन यस पटक लुम्बिनी प्रदेश सरकारको गठनमा पनि त्यही प्रवृत्ति देखियो । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी लाई मुख्य मन्त्रीको रुपमा सबैले अनुमान गरेका थिए तर एमालेले उपनेता चोपनारायाण आचार्यलाई मुख्य मन्त्री भनाए पछि गिरीले पदबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएका थिए । तर, मुख्यमन्त्रीले सपथलिएपछि बुधबार मात्र राजीनामा दिएको सार्वजनिक गरेको कान्तिपुर दैनिक स्रोतले उल्लेख गरेको छ ।
गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा राजीनामा पठाएको बताए । ‘राजीनामा स्वीकृत भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने, ‘विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामाको निर्णय गरेको हुँ ।’ राजीनामापछि कुनै जानकारी पनि पाएको छैन ।
मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दतिभन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रीय निर्देशन आएको भन्दै एमालेमा व्यापक असन्तुष्टि देखिएको छ ।
महासचिव शंकर पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएका थिए । लुम्बिनी प्रदेशमा एमाले उपाध्यक्ष तथा अर्थ मन्त्री बिष्णु पौडेल र महासचिव शंकर पोखरेलको दुई समूहबिच प्रदेश अधिबेशन र जिल्ला अधिबेशनहरुमा पनि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्दै आएका थिए ।