राष्ट्रिय सभाले पनि संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ।
आज बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पारित व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।
यसअघि उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको थियो। त्यसपछि राष्ट्रिय सभामा पेस गरिएको थियो।
अब यो विधेयक सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ।