जीवन हमाल प्युठान
प्युठान नौबहिनी गाउँ पालिका वडा न:१ स्याउलीबाङमा मंसिर २१गते निशुल्क एक दिने स्वास्थ शिविर सम्पन्न भएको छ श्री बर्द बहादुर गण, खलंगा, प्युठानद्वारा जनतालाई सहज र सुलभ होस् भनी यो शिविर आयोजना गरिएको गण का प्रमुखले जानकारी दिनु भएको थियोे ।
सिविरबाट २५० जनाले स्वास्थ जाँच गराएका थिए भन्ने । बर्द बहादुर गणले स्याउलीबाङका पाँच वटा बिद्यालयका १०० जना गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाइ स्टेसनरी तथा अन्य सामग्री र बिद्यालयहरुलाइ भलिबल खेल सामग्री बितरण गरेको थियोे ।
द्वन्द कालमा ब्यवस्थापन हुन नसकेका संभावित बिस्पोतक पदार्थबाट बच्ने उपाय सम्बन्धि र नेपाली सेनाप्रती युवाहरु आकर्षणको बारेमा सैनिक अधिकृतहरुले जानकारी दिएका थिए ।
स्वास्थ सिविरको लागि नौबहिनी गाउँ पालिका, जिल्ला जन स्वास्थ कार्यालय, वडा कार्यालय, निमतारा पोली क्लिनिक र शिव मावि परिवारको सहकार्य रहेको थियोे । प्युठान जिल्लाको सबैभन्दा दुर्गम बस्तीमा स्वास्थ सेवा प्रदान गरेकोमा नेपाली सेना र सहकार्य गर्ने सम्पूर्ण संस्थालाई स्याउलिबाङका जनताले धन्यवाद समेत दिएका थिए