शनिबार शान्ता रानी परियार सहितका कलाकारको प्रस्तुति
पुष १७ गतेसम्म सञ्चालन हुने प्रथम भित्रिकोट प्यूठान महोत्सवको पुष ५ गते शुक्रवार भव्य रुपमा उद्घाटन गरिएको छ ।
महोत्सवको समुद्घाटन संघीय सांसद सूर्य बहादुर थापाले उद्घाटन गर्नुभएको छ ।
प्युठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्रका उपाध्यक्ष प्रसुजता अधिकारीको स्वागत मन्तव्य र अध्यक्ष प्यार अलि खानले महोत्सवको उद्देश्यमाथी प्रकाश पार्दै महोत्सवको उद्घाटन गरिएको हो
पुष ६ गते शनिबार भने हालका लोकप्रिय तथा चर्चित गायिका कलाकार शान्ता रानी परियार सहित प्यूठान गायक ढाकाराम पौडेल, सुमन बिटी, अनित विष्ट र रमेश श्रेष्ठको प्रस्तुती रहने आयोजकले जनाएको छ ।