प्युठान नगरपालिका-३ द्वारा सुरक्षित नागरिक आवास कार्यक्रमका लागी सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न गरेको छ। सनिवार बिहान वडा कार्यालयमा नागरिक आवास कार्यक्रमलाई थप व्यवस्थित गर्दै जनता माझलैजाने उदेश्यले सर्वदलीय सर्वपक्षीय बैठक गरिएको हो ।
नगरपालिकाका अति बिपन्न गरिब तथा आफ्नो आवास बनाउन नसक्ने परिवारलाई सरकारले घर बनाइदिने नीति अनुसार बैठक बसेर १३ घर परिवारलाई छनोट गरि सिफारिस गरेको वडा अध्यक्ष सुमन राज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकमा चालू आर्थिक वर्षमा १४ हजार बजेट नगरपालिकामा आएको जानकारी दिनुभयो । एक घर परिवारलाई ५० हजारदेखि ७५ हजार रकम पाउने छन् । कार्यक्रमले लक्ष्यित वर्गका परिवारलाई सहयोग पुगेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा अध्यक्ष सुमन राज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि, बिधालयका प्रधानाध्यापकहरु, राजनितिक दलका प्रतिनिधिहरु, भानु सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।