प्युठान। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन । नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद् बनेकी प्युठानकी श्रेष्ठलाई कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लिबहादुर चौधरीले सचेतकमा नियुक्ती दिएका हुन्।
यसअघि प्युठानकै निमा गिरीलाई संसदीय दलले सचेतकको जिम्मेवारी दिईएको थियो । उनले गएको भदौ ३१ गते सचेतक पदबाट राजीनामा दिएकि थिइन ।