जीवन हमाल
रोल्पा,१८ फाल्गुन। रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजारमा अवस्थित थकाली होटेल एण्ड लज एक पुरुषको मृत भएको छ।
सुलिचौर स्थित थकाली होटल एण्ड लज मा उक्त घटना घटेको हो । मृत्यु हुने व्यक्ति लुङ्ग्री गाँउपालिका-६ उपल्लो गुम्चाल बस्ने बर्ष ३१को रोम बहादुर बुढाथोकी रहेको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयो । घटना बेलुकी साढे ५ बजेको समयमा घटेको थियो।
मृत्यु हुने व्यक्तिले उक्त होटेलमा मादक पदार्थ माग (अडर) गरी सेवन गरेको र संचालिका ब्यस्त रहेकोमा केहि समय पश्चात हेर्दा निज आफु बसेको कुर्सिबाट भुईमा ढलेको अबस्थामा देखे पछि उठाउन खोज्दा नउठे पछि प्रहरीलाई खबर गरेको होटेल व्यावसायिले बताएका छन् ।
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।