नौबहीनी रिपोर्ट:पुर्ण पुन मगर
प्युठान जिल्ला नौबहिनी गाउ पालिकामा समाजवादी मोर्चा गठन भएको गरिएको छ ।
निवर्तमान उपाध्यक्ष तथा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य घन बहादुर बुढा मगरको अध्यक्षता, समाजवादी मोर्चा प्युठान जिल्ला संयोजक प्रमुख अथिती कृष्ण रायमाजी , विशिस्ट अथिती एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला पार्टी अध्यक्ष डा. भोजबिक्रम बुढा मगर , ने क पा विप्लव सि का पालिका इन्चार्ज गोर बहादुर रोका ( गोन्जालो सि ) , समाजवादी प्रेस संगठन प्युठान अध्यक्ष पुर्ण बहादुर पुन मगर लगायत अन्य सहभागीहरुको सहभागितामा नौबहिनी गाउपालिका पालिका स्तरिय आठ सदस्यीय समाजवादी मोर्चा नेपाल गठन भएको छ । जसको संयोजकमा गोर बहादुर रोका , सदस्य सचिव पुर्ण बहादुर पुन , सदस्यहरुमा क्रमशः इशोरी प्रसाद रिजाल , शिवलाल घर्ती मगर ,कमल बहादुर घर्ती मगर , गगन गिरि ( सि ) , भुपाल शेरचन , ओविराम बिक चयन भएका छन ।यस मोर्चाले स्थानीय , प्रदेश , संघिय कुनै पनि तहमा भएका सरकारको बेथिति , भ्रष्टाचारको विरुद्ध आवाज उठान गर्दै आम जनताको जनजिविकाको सवालमा सरकारलाई ध्यानाकर्षण गराउदै वैज्ञानिक समाजवादको लक्ष्यमा सम्पुर्ण देशभक्त ,बामपंथीहरुलाई गोलबन्द गर्ने लक्ष्य राखेको रोका भनाइ रहेको छ । साथै सबैखाले दक्षिणपन्थी , अवसरवादी र प्रतिक्रियाको विरुद्ध आम जनतालाइ गोलबन्द गरि आवाज उठाने र नेपाली समाजको आफ्नै मौलिक समाजवादको गन्तव्यमा पुग्नको लागि अग्रसर हुने कुरामा केन्द्रिय सर्कुलर अनुसार विविध जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।