प्युठान।नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले नयाँ पुस्ताहरु यतिबेला दलहरुप्रति विस्तृष्णा जागेको बताएकी छिन्।
एकीकृत समाजवादी प्युठानको १० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले भर्खरै सम्पन्न स्ववियु चुनावको नतिजा हेर्दा दलहरुप्रति विस्तृष्णा जागेको बताएकी हुन्।

उनले स्ववियु चुनावमा भाग लिएका बिद्यार्थीहरु किन पार्टीको संगठन छोडेर स्वतन्त्र रामकुमारी झाक्री भएर चुनावमा होमिएका छन् अब राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने बेला भएको बताइन्।
आलेटाले समिक्षा होइन सबै गणतान्त्रिक दलका नेताहरु बसेर गम्भीर रुपमा समिक्षा गर्नुपर्ने झाक्रीको भनाई छ।
समिक्षा गर्दै राजनीतिक नेतृत्व लिएका हामीहरु सच्चिन जरुरी रहेको समेत उनको तर्क रहेको छ।

०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएको ३५ वर्ष बित्यो, लोकतान्त्रिक गणतान्त्रिक स्थापना भएको १५ वर्ष बित्यो र संबिधान जारी भएको १० वर्ष बित्यो तर राजनैतिक दलमा रहेका हाम्रो कार्यशैलीमा के कमी रह्यो र अहिले म्युजियमा राखिएका राजा फेरी सडकमा आएको भन्दै व्यंग समेत गरेको छिन।