प्युठान।
माण्डवी गाउँपालिकाका मृतक परिवारले क्षतिपूर्ति पाएका छन्।गाउँपालिकाले मृतक परिवारसँग गरेको सम्झौता अनुसार १७ महिना पछी क्षतिपूर्ति पाएको हो।
२०८० माघ महिनाको २८ गते सोहि पालिकाको वडा नम्बर १ देबिस्थान डाँडामा माण्डवी गाउँपालिकाको रा १ क ७७३ नम्बरको ब्याक हो लोडरले किचेर ठग बहादुर घर्तीको मृत्यु भएको थियो।
मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग सहित असार २७ गते गाउँपालिकाको कार्यालयमा नारावाजी समेत गरेका थिए।

असार २७ गते मृतकका परिवारले अध्यक्ष र उपाध्यक्षको कार्यक्षमा तालाबन्दी गरेपछी ३२ गते बाकि रकम भुक्तानी गरिदिने सहमती भएपछि नेपाल प्रहरीले उक्त ताला तोडेको थियो।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले असार ३२ गते मिती तोकिदिए पनि साउन ४ गते फेरी आउनु भन्दै मृतकका परिवारलाई रित्तै फर्काएका थिए।
साउन ४ गते न्याय खोज्दै आइतबार धन बहादुर पालिकाको कार्यालयमा पुगेपछी गाउँपालिकाले श्रीमती इन्द्रादेवी घर्ती (धन बहादुरको आमा) को खातामा ५ लाख रुपैया जम्मा गरिदिएको धन बहादुरले स्वर्गद्वारी अपडेटले बताए।
ढिलै भएपनि न्याय पाए उनले भने। यस बारेमा दैनिक लुम्बिनी पत्रिकामा असार १० गते समाचार प्रकाशित गरेको थियो।असार २७ गते पु:न स्वर्गद्वारी अपडेट अनलाइन र एक्सपोर्ट मिडिया प्रालिको प्युठान छड्के कार्यक्रमबाट समेत समाचार फलोअप गरेको थियो।


