२०८० जेठ ३० मंगलबार ।
बढ्दो सबारी दुर्घटना न्युनिकरणका लागि प्युठानमा सबारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल नेत्र ज्योति संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानको समन्वयमा सोमबार टिकुरी बसपार्कमा गरिएको स्वास्थ्य परिक्षणमा ९१ जना सबारी चालकले स्वास्थ्य जाँच गराएका छन् जसमध्य ३ जनामा आँखाको समस्या देखिएको छ भने २१ जनामा उच्च रक्तचापको समस्या देखिएको र बाँकि सबारी चालकको अबस्था सामान्य भएको अस्थाई ट्राफिक प्रहरी पोस्ट बाग्दुलाका प्रहरी निरीक्षक नबिन अधिकारीले जानकारी दिनुभयो।
जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरुसँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानीयले जोड दिइरहेका छन्। सो प्रकारका शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी प्रमुख चन्द्र के सी ले बताउनुभयो । जसले गर्दा सबारी दुर्घटना न्युनिकरणमा मद्दत पुग्ने उहाँँले बताउनुभयो