• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ८ गते, शुक्रबार १४:५७
मुख्य समाचार, रोजगार, व्यापार / व्यवसाय, स्थानीय तह
0
खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु
52
VIEWS
Share on FacebookShare on Twitter


प्युठान,८ असार ।
सालको पातबाट दुना टपरी बनाउने सम्बन्धी सिपमुलक तालिम सुरु भएको छ ।ऐरावती गाउँपालिका गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको वार्षिक कार्यक्रम अनुसार ऐरावती गाउँपालिका वडा नं ५ खबाङ्गमा आजदेखी उक्त तालिम सुरु भएको हो । मिलिजुली स्वालम्बन समुहका १३ जना महिलाहरुलाई उक्त तालिम दिईएको छ ।
तालिमको आज एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । ऐरावती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगरको अध्यक्षता, ऐरावती गाउँपालिकाका रोजगार संयोजक एवं गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका सम्पर्क व्यक्ति विनोद कुमार त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य दुर्गा के.सी., लघु उद्यम सहजकर्ता धना रोका लगायतको उपस्थिती रहेको थियो ।


उद्घाटन कार्यक्रममा ऐरावती गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष चन्द्रबहादुर रोकामगरले लघुउद्यम कार्यक्रम मार्फत पालिकाले विभिन्न तालिमहरु संचालन गर्दै आएको बताउनुभयो । यहाँका महिला दिदीबहिनीहरुलाई आयआर्जनमा जोडनका लागि यो तालिम संचालन गरिएको उहाँले बताउनुभयो । यो तालिम पश्चात निरन्तर रुपमा दुना टपरीहरु उत्पादन गरी आर्थिक आर्जनसंग जोडिन महिला दिदीवहिनीहरुलाई आग्रह गर्नुभएको छ ।


कार्यक्रममा प्रमुख अतिथी रोजगार संयोजक एवं गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका सम्पर्क व्यक्ति विनोद कुमार त्रिपाठीले तालिम एउटा बाटो भएकाले यसलाई निरन्तर रुपमा व्यवसाय गरेमा गन्तव्यमा पुग्ने बताउनुभयो । लघुउद्यम कार्यक्रम मार्फत पालिकाले विगतदेखी व्यवसायमा जोड्ने खालका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । स्थानीय साधन श्रोतलाई उपयोग गरी खालि भएको समयलाई सदुपयोगका साथै उद्यमशिलता मार्फत आयआर्जन बृद्धि गर्नका लागि लघुउद्यम कार्यक्रमले सहयोग गरेको बताउनुभयो । तालिम मार्फत व्यवसायमा जोडिएमा आफु सहित परिवार, समाज र पालिकालाई समेत आयआर्जनमा टेवा पुग्ने उहाँको भनाई छ । आगामी दिनमा पनि पालिकाले यस्ता कार्यक्रमहरु गर्दै जाने उहाँको भनाई छ । तीन दिन सम्म चल्ने तालिमको प्रशिक्षक दिलकुमारी थापा रहनुभएको छ ।
तालिममा सहभागीलाई दुना टपरी स्वचालित हाईड्रोलिक मेसिन मार्फत दुना, टपरी, प्लेट थाली उत्पादन गर्न सिक्नुका साथै लाफा बनाउने, मेसिन मर्मत सम्बन्धी ज्ञानका बारेमा जानकारी दिईने छ ।

दुना टपरी स्वचालित हाईड्रोलिक मेसिन सहयोग
दुना टपरी बनाउनका लागि मिलिजुली स्वालम्बन समुहलाई दुना टपरी स्वचालित हाईड्रोलिक मेसिन सहयोग गरिएको छ । अध्यक्षसंग यूवा कार्यक्रम मार्फत यहाँका महिलाहरुलाई आयआर्जनमा जोडनका लागि उक्त मेसिन सहयोग गरिएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । उक्त मेसिनबाट दुना टपरीहरु उत्पादन गर्दा समयको बचत हुनुका साथै उत्पादनमा सहजता हुने विश्वास लिएको पालिका अध्यक्ष शाहले बताउनुभयो । पालिकाले आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकालाई प्लाष्टिकमुक्त गाउँपालिका बनाउने नीति अगाडी बढाईएकोले दुना टपरी उत्पादन भएमा यो कार्यक्रमलाई टेवा पुग्ने समेत पालिका अध्यक्ष शाहले बताउनुभयो ।

Previous Post

नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिद्वारा स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र

Next Post

चट्याङ लागेर ४५ भेडा मरे

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
चट्याङ लागेर ४५ भेडा मरे

चट्याङ लागेर ४५ भेडा मरे

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १ सय ६७ रनमा अलआउट

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १ सय ६७ रनमा अलआउट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..