• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्यूठानका पालिकाको वजेट : कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ११ गते, सोमबार १०:४२
मुख्य समाचार, स्थानीय तह
0
प्यूठानका पालिकाको वजेट : कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना
15
VIEWS
Share on FacebookShare on Twitter

सलिम मियाँ

विजुवार, असार ११ गते । प्युठानकाे नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०।०८१ मा खर्च गर्ने गरि बजेट  ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।

प्युठानको सरुमारानी गाउँपालिकाले  ४३ करोड ९३ लाख ५२ हजार ३ सय ७ रुपियाँको बजेट प्रस्तुत गरेको छ ।दोस्रो गाउँ सभाको १३ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले प्रतिनिधिसभा सदस्य सुर्य थापाको प्रमुख आतिथ्यतामा बजेट सार्वजनिक गर्नुभयो।

पालिकाले सरूमारानी कृषि तथा पशुपक्षी विकास श्रोत केन्द्र स्थापना गर्ने, ६ वटै वडाहरूमा कोरेली पाडी वितरण गर्ने योजना ल्याएको छ। त्यसै गरी,शैक्षिक गुणस्तरका लागि विद्यालयमा अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्ने,पालिका भित्रका अनाथ तथा टुहुरा बालबालिकालाई आवासीय शैक्षिक कार्यक्रमको व्यवस्था गर्ने योजना छ।

नौ बहिनी गाउँपालिकाले ‘किसानको उत्पादन गाउँ सरकारको अनुदान’ भन्ने कार्यक्रम बनाएको छ । कार्यक्रमअनुसार २ सय केजी भन्दा बढि खसी बोकाको मासु उत्पादन गर्ने किसानलाई प्रति केजी ८० रुपैयाँकारले अनुदान दिने भएको छ । एक वडा एक कृषि पकेट क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरिएको छ। पालिकालाई दूधमा आत्मनिर्भर गराउँदै निर्यात गर्ने उद्देश्य सहित किसानले सुत्केरी भैँसीको बिमा गरेमा प्रतिभैँसी पाँच हजारका दरले बिमा गरेबापत रकम उपलब्ध गराउने गरी बजेट ल्याएको गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो । नौ बहिनीले किसानलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्न ५० प्रतिशत अनुदानमा अलैँची र किवीको बिरुवा प्रदान गर्न कालागि बजेटको व्यवस्था गरेको छ ।  नौबहिनिले आगामी आर्थिक वर्षका लागि ६५ करोड ८२ लाख ८६ हजार ३ सय २६ रुपैयाँको बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै प्युठान नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान सहित ७८ करोड २० लाख बराबरको बजेट सभामा पेस गरेको छ ।  नगरपालिकाले कृषिलाई नै मुख्य प्राथमिकतामा राखेको छ ।उत्पादनसँगै कृषि बजार, समुन्नत नगरको आधार भन्ने नारालाई अगाडी सारेर नगरपालिकाभित्रका किसानहरूलाई सूचीकरण गरी किसान परिचय पत्र वितरण, कृषि उपज सङ्कलन तथा बजारीकरण, कृषिमा आधारित बैङ्क अनुदान, सहुलियत ऋण लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मल्लरानी गाउँपालिकाले बाह्रै महिना चल्ने गरी पूर्वाधार क्षेत्रतर्फ ‘एउटा वडा, एउटा बाटो’ लाई बढी प्राथमिकता दिएको छ । कृषि क्षेत्रलाई पनि पालिकाले ध्यानमा राखी कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूको रेकर्ड गरी कृषकहरूलाई अनुदान दिने भएको छ । पालिकाले यस आर्थिक वर्ष २०८०।०८१ का लागि ३९ करोड ५४ लाख ४१ हजार ८ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश के.सि ले जानकारी दिनुभयाे ।

गौमुखी गाउँपालिकाले पनि यस आर्थिक वर्ष २०८०-०८१ को लागि ४६ करोड ८० लाख रुपैयाँ पेस गरेको छ । पालिकाले निश्चित बर्गल्याई घरघरमै स्वास्थ्य सेवा दिने गरी ल्याव इन ब्याग कार्यक्रम लिएको छ । यस्तै,कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने पालिकाले नीति बनाएको छ। त्यसै गरी गौमुखी लाई आलु र तरकारी बालीको बिउ उत्पादनको केन्द्र बनाउने कार्यक्रम सञ्चालन गरिने योजना छ । जनताको घरमा डाक्टर तथा   ल्याव इन ब्याग कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष महावि रानाले बताउनुभयो । प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्नेहरूलाई ५०% अनुदानको व्यवस्था गर्ने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छ । कृषिमा रैथाने बालीहरूलाई सम्र्वद्धन गरी बजारीकरण गर्ने भएको हो ।

स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४६ लाख बजेट विनियोजन गरेको हो । नगरपालिकाले युवा तथा स्वरोजगार,स्वास्थ्य,शिक्षा,कृषि तथा पशुलाई जोड दिएको छ। ‘स्वर्गद्वारी नगरपालिकाको स्वरोजगार,स्वर्गद्वारी बलियो आधार’ भन्ने नारालाई अघि सारेको हो । माण्डवी गाउँपालिकाले ४० करोड ७ लाख ४४ हजार ३ सय १२ रुपैयाँ बजेट विनियोजन भयो । गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले गाउँ सभाको १४ औँ अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट पेस गरेका हुन् । त्यस्तै झिमरुक गाउँपालिकाले  ५० करोड २ लाख २२ हजार १ सय ५० पेस गरेको छ । पालिकाले आउँदो वर्ष देखी गौमुखी क्याम्पस मच्छिमा पढ्ने सबै विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क सबै पालिकाले तिरिदिने गरी कार्यक्रम ल्याएको छ । 

Previous Post

सरुमारानीले ल्यायो ४३ कराेड ९३ लाखको बजेट

Next Post

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

दाङमा चट्याङ लागेर दुई जना मृत्यु

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..