प्युठान,१० असार। प्युठानको सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४३ कराेड ९३ लाख ५२ हजार ३ सय ७ रूपैयाको बजेट ल्याएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काले दोश्रो गाउँसभाको १३ औं अधिबेशनबाट आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्नुभएको हो ।
पालिकाले कृषि, पूर्वाधार,पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकका अनुसार आर्थिक विकास तर्फ र ४ करोड १३ लाख ८० हजार, सामाजिक विकास तर्फ २२ करोड ९५ लाख ५० हजार, पूर्वाधार विकास तर्फ ५ करोड ७६, लाख रुपियाँ बिनियोजन भएको छ ।
सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ १ करोड ८२ लाख ९९ हजार ३०७ र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ९ करोड २५लाख २३ हजार रुपियाँ बिनियोजन भएको प्रशासकिय अधिकृत पाठकले जानकारी दिनुभयो ।