बबिता रिजाल
प्युठान ,१२ असार ।
स्वर्गद्वारी नगरपालिकाले प्रअहरुका लागी २ दिने पाठ्यक्रम प्रवोधिकरण तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ । आज असार १२ गते मंगलवार सुरु भएको तालिम भोलि असार १३ गते बुधवार सम्म चल्नेछ । पाठ्यक्रम परीवर्तन भइरहदाँ विद्यालयलाई नयाँ पाठ्यक्रमको सहजीकरण गर्न सहज होस् भन्ने उद्देश्यले स्वर्गद्वारी नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिका ४ भिंगृमा पाठ्यक्रम प्रवोधिकरण तथा क्षमता विकास तालिम सञ्चालन गरिएको स्वर्गद्वारी नगरपालिकाका नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।
आजको तालिममा स्वर्गद्वारी नगरपालिका अन्र्तगतका प्राथमिक विद्यालयहरुका प्रध्यानाध्यापकहरुको लागि पाठ्यक्रम प्रवोधिकरण तथा क्षमता विकास सम्बन्धि तालिम दिईएको र भोलि निम्न माध्यामीक तथा माध्यामीक विद्यालयका प्रध्यानाध्यापकहरुको लागि तालिम दिईने पनि उहाँले बताउनु भयो ।
तालिममा प्रशिक्षण दिनका लागि पाठ्यक्रम विकास केन्द्र, नेपालका किताब लेखक तथा त्रिभुवन विश्वविद्यालयका लेक्चर नरहरी आचार्य प्रशिक्षकको रुपमा हुनुहुन्छ ।
स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत तुल्सीराम गैरेको अध्यक्षता, स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज रानामगरको प्रमुख आतिथ्यता र स्वर्गद्वारी नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरको आतिथ्यतामा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका प्रा.स. प्रेम विसीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सञ्चालन भने स्वर्गद्वारी नगरपालिका शिक्षा शाखा प्रमुख ओविराम भण्डारीले गर्नुभएको थियो ।
